News राजनीति

कोशीमा आङ्बो मुख्यमन्त्रीका उम्मेदवार, कांग्रेसको शेखर पक्षका ९ सांसदले भोट नहाल्ने

कोशीमा आङ्बो मुख्यमन्त्रीका उम्मेदवार, कांग्रेसको शेखर पक्षका ९ सांसदले भोट नहाल्ने

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । बालुवाटारमा बिहीबार बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको हो ।

कांग्रेसका उद्धव थापाले दुईपटक मुख्यमन्त्री बन्दा पनि विश्वासको प्राप्त गर्न सकेका थिएनन् । उनले विश्वासको मत लिने प्रक्रियामै असंवैधानिक बाटो प्रयोग गरेका थिए । अब फेरी कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको जानकारी दिए । एमाले मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

कोशी प्रदेशको मुख्यमन्त्री बनाउन सहयोग गरे राप्रपालाई सभामुख दिने सत्ता गठबन्धनको तयारी छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठवन्धन बैठकमा सभामुख दिएर राप्रपाको समर्थन लिनेबारे कुराकानी भएको एक नेताले जानकारी दिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीको सत्ता समीकरणबारे छलफल गर्न शुक्रबार पदाधिकारीको बैठक बोलाएका छन् । 

यता, कांग्रेस भित्रको शेखर कोईराला समूहका सांसदले भने आङबोलाई भोट नहाल्ने भएका छन्। कोइराला समूहका ९ जना सांसद छन्। उनीहरुले केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउनुपर्ने बताउँदै आएका थिए । तर, उनीहरुको आग्रह अस्विकार भएपछि एमालेसँग मिल्ने सम्भावना बढेको छ । 

धारा १६८ (५) अनुसार सरकार गठन हुँदा सांसदहरूलाई दलको ह्वीप लाग्दैन। पछिल्लो समय शेखर कोइरालाले एमाले अध्यक्ष ओलीसँग निरन्तर संवाद गरिरहेका छन् । 
 

विशेष