News

वकिललाई झम्टिन गएकी आगोजस्ती सुन्दरी ठमेलबाट पक्राउ

वकिललाई झम्टिन गएकी आगोजस्ती सुन्दरी ठमेलबाट पक्राउ

थाइ दुतावासले आयोजना गरेको फुड फेस्टिभल विथोल्न छायाँ सेन्टर पुगेकी पृथबिन्दु महर्जनसहित १५ जना अभियान्तालाई शनिवार प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित छायाँ सेन्टरमा आयोजना भएका कारण उनीहरु सो फेस्टिवल विथोल्न गएका थिए। सार्वजनिक पोखरीमाथि बनेको भन्दै उनीहरु छायाँ सेन्टर भत्काउन जवरजस्ती गरिरहेका छन्।

सोही जवरजस्ती शैली प्रस्तुत गर्न थालेपछि शनिवार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। सँगै रहेका विक्रमशील महाविहार भगवानबहालका संरक्षक भागवत नरसिंह प्रधान भने चिया पसलमा लुकेर जोगिएको जनाईएको छ।

प्रधान अनुसन्धानकर्ता पनि हुन। उनी र उनका अग्रजमाथि विक्रमशील महाविहारको जग्गा बेचेर खाएको अनि अहिले तिनै जग्गावालालाई दागा धरेर खरानी बनाउँछु भन्दै हिडेको आरोप छ।

विक्रमशील महाविहार, भगवान बहाल गुठीको ५ हजार रोपनी भन्दा धेरै जग्गाको अपचलन गर्नेमा भागवत नरसिंह प्रधानकै परिवारको नाम आउँछ। उनी छायाँ सेन्टर भत्काउनु पर्छ भन्दै अदालत जाने मध्येका पनि एक हुन।

यता, नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत माक्र्सवादी लेनिनबादी) को कार्यकर्ता अर्थात केपी बाको कार्यकर्ता पृथबिन्दु महर्जन पनि नेपाल मजदुर किसान पार्टीले नेतृत्व गरेको छायाँ सेन्टर विरुद्धको आन्दोलनमा देखिनुलाई आश्चर्य मानिएको छ।

‘उनको पनि चासो सम्पदा संरक्षण होईन। जुलुसमा हिड्ने र वार्गेनिङपछि लुसुक्क निस्कने मात्रै हो’ चिया पसलमा गफिदै गरेका एक स्थानीयवासी भन्छन–‘ललितपुरमै कयौ सम्पदा मिचिएका छन्, उनलाई त्यसको ध्यान छैन। उनको ध्यान खाली छायाँ सेन्टरले कतिवेला रेस्पोन्स गर्ला भन्नेमा मात्रै छ।’

विशेष