भारतले गर्यो इजरायलबाट नेपालिहरुको उद्धार

काठमाडौं । भारतले आफ्ना नागरिकहरुलाई इजरायलबाट उद्धार गर्दा आफ्नो विमानबाट १८ नेपालीलाई पनि इजरायलबाट फर्काएको छ ।
नेपालले भारतसँग सहयोगको अनुरोध गरेपछी भारतले सो सहयोग गरेको हो । सो विमानबाट १८ नेपाली इजरायलबाट भारतको नयाँ दिल्ली आउनेछन् । त्यसपछी ती नेपाली दिल्लीबाट काठमाडौं आउनेछन् ।
नेपाल सरकारले भारतको सो सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ । भारतीय अधिकारीहरुलाई सम्पर्क गरि नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले भारतले असल छिमेकीको भुमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएका छन् । नेपालले इजरायलबाट आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेको छ ।