News

‘भारतीय आर्थिक सहयोगमा निर्माण भएका दुई आयोजनाको उद्घाटन

‘भारतीय आर्थिक सहयोगमा निर्माण भएका दुई आयोजनाको उद्घाटन

हुम्ला जिल्लाका दुर्गम क्षेत्रमा भारतीय आर्थिक सहयोगमा निर्माण भएका दुई आयोजनाको भारतीय राजदूत एच.ई. श्री नवीन श्रीवास्तव र स्थानीय सरकारी अधिकारीहरू संयुक्त रूपमा गरेका छन्।

सार्केगाड गाउँपालिकास्थित श्री सरस्वती माविको प्रयोगशाला तथा पुस्तकालय भवन र चाँखेली गाउँपालिकास्थित श्री महादेव माविको प्रयोगशाला तथा पुस्तकालय भवन गरी यी दुई आयोजना ‘नेपाल–भारत विकास सहयोग’ को अनुदान सहयोगमा निर्माण भएको हो।  

उक्त आयोजना ५५.२३ लाख नेपाली रुपैयाँबाट निर्माण भएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलहरू, सामाजिक कार्यकर्ताहरू, नेपाल सरकारका अधिकारीहरू, विद्यालय व्यवस्थापन अधिकारीहरू, शिक्षकहरू, अभिभावकहरू, विद्यार्थीहरू र स्थानीयको उपस्थिति थियो।

विशेष