चीन भ्रमणबाट फर्के लगत्तै पार्टीभित्रै दबाबमा प्रचण्ड, सबै मन्त्री फिर्ता बोलाउन माग

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमण सकेर स्वदेश फर्किए लगत्तै नेकपा माओवादी केन्द्रमा मन्त्री फिर्ता बोलाउन दबाब परेको छ।
माओवादीका नेताहरूले प्रधानमन्त्रीलाई मन्त्री फेर्न दबाब दिईरहेका छन्् । माओवादी उच्च स्रोतका अनुसार माओवादीको तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर बाँकी भएका नेताहरूको पालो पु¥याउन दबाब सुरु भएको हो।
माओवादीको तर्फबाट हाल उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री शक्ति बस्नेत, पर्यटनमन्त्री सुदन किराँती सञ्चारमन्त्री रेखा शर्मा रहेका छन् । यसअघि अमनलाल मोदीलाई फिर्ता बोलाइसकिएको छ ।
सुशीला श्रीपाइली पनि राज्यमन्त्री रहेकी छिन् । माओवादीका नेताहरूले गिरिराजमणी पोखरेल, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, वर्षमान पुन लगायतलाई सरकारमा लैजान आग्रह गरिरहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किराँती प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका तर्फबाट भोजपुरबाट निर्वाचित भएका थिए । उनले गरेका कतिपय निर्णयले माओवादी पार्टीलाई अप्ठेरो परेको भन्दै उनलाई हटाउन खोजिरहेका बेला माओवादीले प्रधानमन्त्रीबाहेक सबैलाई फिर्ता बोलाउँदा राम्रो होला भनेर दबाब दिएको स्रोतको दाबी छ ।
उपप्रधानमन्त्रीका रूपमा नारायणकाजी श्रेष्ठले पनि प्रहरीले गर्ने नियमित काममा पनि आफैले जस लिन खोजेको भन्दै माओवादीभित्र आलोचना भइरहेको छ । उनलाई पनि हटाएर अर्को व्यक्तिलाई गृहमन्त्री बनाउन माओवादीका नेताहरूले दबाब दिएको स्रोतले जनाएको छ ।
अव वस्ने वैठकमा यस विषयमा जोडदार कुरा उठाईने नेताहरु वताएका छन्।