News विदेश

लन्डनमा चिनियाँ उत्पीडितद्वारा विरोध, 'चीनका तानाशाहले उत्सव लुटेको आरोप' 

लन्डनमा चिनियाँ उत्पीडितद्वारा विरोध, 'चीनका तानाशाहले उत्सव लुटेको आरोप' 

लन्डन ।  चिनियाँ दूतावासले चीन जनगणतन्त्र स्थापनाको ७४ औं वार्षिकोत्सवको आयोजना गरिरहेको समयमा लन्डनमा चिनियाँ तानाशाहरुले उत्सव लुटेको भन्दै नारबाजीसहित विरोध प्रदर्शन गरेका छन्। 

चीनका उत्पीडित समुदाय र अधिकार समूहका सदस्यहरूले विरोध प्रदर्शन गरेका हुन्। अक्टोबर १ पीआरसी राष्ट्रिय दिवसको अघि चिनियाँ दूतावासको यो गोप्य आधिकारिक समारोह गरिएको थियो। 

जनगणतन्त्र चीनको स्थापनाको ७४ औं वार्षिकोत्सव मनाउनको लागि एक भव्य रात्रिभोज आयोजना गरिएको र उक्त समारोहमा राजदूत झेङ जेगुआङ र अन्य दूतावासका अधिकारीहरू उपस्थित थिए।

त्यहाँ गरिएको विरोध प्रदर्शनमा ग्लोबल एलायन्स फर तिब्बत एण्ड पर्सक्यूटेड माइनोरिटीज, हङकङ एड, हङकङ लिबर्टी, स्टप उइघुर जेनोसाइड, तिब्बती कम्युनिटी युके र उइघुर कम्युनिटी युकेलगायत चीनका उत्पीडित समुदाय र अधिकार समूहका प्रमुख कार्यकर्ता र नेताहरू सहभागी थिए।

प्रदर्शनकारीहरूले 'नो सेलिब्रेसन - चीनका तानाशाहहरू' 'चिनियाा नरसंहारले न्याय माग्छ', 'स्वतन्त्र तिब्बत', 'फ्री पूर्वी तुर्कस्तान' 'फ्री हङकङ' भन्ने नारा लगाएको सुनिएको थियो।

अधिकार समूहहरूको गठबन्धन अब उनीहरूको अर्को वार्षिक विरोधको लागि तयार भइरहको पनि चेतावनी दिएको छ। विरोध प्रदर्शन पछि, स्टप उइघुर नरसंहारका कार्यकारी निर्देशक रहिमा महमुतले आफ्नो सामाजिक सञ्‍जालमा पोस्ट गरे, 'चिनियाँ दूतावासका अधिकारीहरूले लन्डनको इन्टरकन्टिनेन्टल होटलमा रात्रिभोजको साथ आफ्नो राष्ट्रिय उत्सव दिवस मनाए। हङकङ र तिब्बतका हाम्रा साथीहरूसँग मिलेर हामीले नरसंहार र तानाशाहीको बीचमा साँचो उत्सव हुन सक्दैन भन्ने कुरामा जोड दिन विरोध आयोजना गर्‍यौं।'

अक्टोबर १, १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले कुओमिन्ताङ (द नेसनलिस्ट – रिपब्लिक अफ चाइना (आरओसी), अहिले ताइवान) लाई पराजित गरेपछि जनवादी गणतन्त्र चीनको स्थापना भएको थियो।

विशेष