News

गौशालामा डायग्नोष्टि सेन्टरका संचालकमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

गौशालामा डायग्नोष्टि सेन्टरका संचालकमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

काठमाडौं महानगरपालिका–९ स्थित पिंगलास्थानमा संचालित पिके डायग्नोष्टि सेन्टरका संचालकमाथि चक्कु प्रहार भएको छ।

डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् । 

घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । घटनास्थलमा गोली चलेको पुष्टि नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी केशव थेवेले वताए।

घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।

आक्रमणकारीको साथमा रहेको पेस्तोल घटनास्थमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

विशेष