News खेल

एसियाली क्रिकेटको क्वाटरफाईनल नेपालको प्रतिद्वन्द्वी भारत

एसियाली क्रिकेटको क्वाटरफाईनल नेपालको प्रतिद्वन्द्वी भारत

एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनल भारतसँग खेल्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो ।

एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी–२० आई खेल्ने भएको हो । खेल नेपाली समय अनुसार मंगलबार बिहान पौने ७ बजे सुरु हुने छ ।

अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् । भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् ।

त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै नेपाल क्वार्टर फाइनलमा पुगेको हो । 
 

विशेष