News खेल

भारतसँग २३ रनले हार्यो नेपाल

भारतसँग २३ रनले हार्यो नेपाल

१९औँ एसियाली खेलकुद अन्तरगत क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको छ ।

चीनको हान्झाउमा भारतले दिएको २ सय तीन रनको लक्ष्य पछ्याएको नेपालले  २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा ३२ रन बनाए । यस्तै, सन्दीप जोराले १२ बलमा २९ तथा कुशल भुर्तेलले ३२ बलमा २८ रन बनाए भने कुशल मल्लले २२ बलमा २९ रन बनाए । करण केसी १८ रनमा नटआउट रहे ।

बलिङतर्फ भारतका रवी विश्नोइ र आभेस खानले ३÷३ तथा अश्रदीप सिंहले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर दुई सय २ रन बनायो ।

भारतका यशश्वी जयशवालले शतक प्रहार गरे । उनी एक सय रनमा आउट भए । यस्तै, रिंकु सिंहले १५ बलमा ३७ र शिवम् दुवेले १९ बलमा २५ रन बनाए । ऋतुराज गाइक्वाडले २५ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह एरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक÷एक विकेट लिए ।

भारतलाई पराजित भएसँगै नेपाल एसियाली खेलकुदको क्रिकेटमा क्वार्टरफाइनलबाटै बाहिरिएको छ । भारत सेमिफाइलनमा पुगेको छ । 
 

विशेष