News विदेश

३० भन्दा वढि पत्रकारको घरमा एकै पटक दिल्ली प्रहरीको छापा

३० भन्दा वढि पत्रकारको घरमा एकै पटक दिल्ली प्रहरीको छापा

चीनबाट फण्ड लिएको आरोप लागेको न्यूज क्लिक एवम यससँग सम्वन्धित पत्रकारको घरमा मंगलबार विहान दिल्ली प्रहरीले छापा मारेको छ ।

प्रेस क्लब अफ इण्डियाका अनुसार केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले आज मारेको छापा पनि सोही घटनासँग सम्बन्धित छ ।

समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मारेको छ । प्रहरीले कसैलाई नियन्त्रणमा लिएको खबर भने सार्वजनिक भएको छैन । दिल्ली प्रहरीले पनि यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

पत्रकार अभिसार शर्माले दिल्ली प्रहरी आफ्नो घरमा आएर ल्यापटप र फोन लगेर गएको बताएका छन् ।

भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा नै न्युज क्लिकमाथि चिनियाँ लगानीमा सञ्चालन रहेको आरोप लगाएका थिए भने न्युज क्लिकले नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय जनता पार्टीको आलोचना गर्ने गरेको थियो ।

प्रेस क्लब अफ इण्डियाले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरेको छ । 

विशेष