News राजनीति

चितवनमा माओवादीले गठन गर्यो इसाई मञ्च, रेणु दाहाल प्रमुख अतिथि

चितवनमा माओवादीले गठन गर्यो इसाई मञ्च, रेणु दाहाल प्रमुख अतिथि

मुलुकमा धार्मिक विवाद र ठाउँ ठाउँमा झडप भईरहँदा नेकपा माओवादी केन्द्र भने ईसाईहरुको संगठन गर्न थालेको छ।

भरतपुर महानगरकी मेयर रेनु दाहालको प्रमुख आतिथ्यमा गत साता चितवनको भरतपुर महानगरपालिकामा इसाईहरुको संगठन निर्माण गरिएको हो। इसाईहरुको भेलाले ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरेको छ। 

भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिएको थियो । १५० जना क्रिश्चियन धर्मावलम्बीहरु सहभागी रहेको सम्मेलनले शिवु क्षेत्री अध्यक्ष रहेको प्रगतिशील ईसाई मञ्चको घोषणा गरेको जनाईएको छ ।

नयाँ निर्वाचित अध्यक्ष क्षेत्रीले फेसबुकमा गत बिहीबार भरतपुर महानगरका मेयर रेनु दाहाल सहभागी भएको तस्वीरसहित मञ्च गठनको जानकारी गराएका छन् ।

उक्त सम्मेलन ईसाई पहल समिति चितवनका संयोजक सुमन लुगेंलीको अध्यक्षतामा भएको थियो । सम्मेलनमा प्रतिनिधिसभाका पूर्वसांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ, बागमती प्रदेश सांसद तथा माओवादी केन्द्र भरतपुरका अध्यक्ष ईश्वर सापकोटालगायत उपस्थित थिए । 
 

विशेष