News अपराध सुरक्षा राजनीति

रौतहटको फतुवा विजयपुरका मेयर यादव भ्रष्टाचारी ठहर

रौतहटको फतुवा विजयपुरका मेयर यादव भ्रष्टाचारी ठहर

रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले मेयर यादवसहित २१ जनालाई दोषी ठहर गरेको हो । उनको सजाय निर्धारण हुन बाँकी छ ।

लालबकैया नदीको ठेक्का ऐन नियम विपरीत लगाएको ठहर गर्दै अख्तियारले मेयर यादवसहित २१ जनाविरुद्ध १२ असार २०७९ मा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा मेयर गोपाल यादव, तत्कालीन उपमेयर कान्तीदेवी, तत्कालीन वडाअध्यक्षहरु भविछन राय, सञ्जयप्रसाद शेख, एजाज अहमद, दीपनारायण साह, उमाशंकर साह कलवार, हिरा राय यादव, योगेन्द्र चौधरी, ज्ञानेन्द्र चौधरीलाई विपक्षी बनाइएको थियो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोक्का, निमित्त प्रमुख प्रशासकिय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जना साहविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकास्थित लालबकैया नदीको ठेक्का गैर कानुनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पु¥याएको आरोप उनीहरुमाथि लागेको थियो ।

दुवै पालिका भएर बग्ने लालबकैया नदीबाट ढुंगा, गिट्टी बालुवाको ठेक्का गर्ने तथा प्राप्त राजस्व फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत बाँडफाँड गर्ने निर्णय भएकोमा फतुवा विजयपुरले गैरकानुनी रुपमा ठेक्का रद्द गर्दै नगरपालिकालाई नोक्सानी पु¥याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

लालबकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धमा जिल्ला समन्वय समितिमा २०७५ पुस १५ मा भएको ठेक्का सम्बन्धी निर्णय कार्यान्वयन नगराएको र वोलपत्रदाताको धरौटी जफत नगरेर राजस्व मात्रै संकलन गर्ने कार्य गरेको अख्तियारको दाबी थियो । 
 

विशेष