News

एकै घरका दुई बालिकालाई सर्पले डस्यो, वहिनीको मृत्यु, दिदीको उपचार हुँदै

एकै घरका दुई बालिकालाई सर्पले डस्यो, वहिनीको मृत्यु, दिदीको उपचार हुँदै

कपिलवस्तुको वाणगंगामा एकै घरका दुई बालिकालाई सर्पले डस्दा वहिनीको मृत्यु भएको छ भने दिदीको अवस्था गम्भीर छ ।

वाणगंगा नगरपालिका– ९ भलवाड जिनुवास्थित मोतीलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रीतिका र ८ वर्षीय इशिकालाई मंगलबार राति सर्पले डसेको थियो । उनीहरु मध्ये एक जनाको कान र अर्कोको हातमा सर्पले डसेको बताइएको छ ।

दुवैलाई गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा बहिनीको मृत्यु भएको र दिदीको अवस्था चिन्ताजनक रहेको वडाध्यक्ष कमल पौडेलले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी रीतिकाको उपचारको क्रममा मृत्यु भएको जनाईएको छ। इशिकालाई भने भेण्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिए । 
 

विशेष