News

किन पक्राउ परे हिन्दुहरुका धर्म गुरु श्रीनिवास आचार्य ?

किन पक्राउ परे हिन्दुहरुका धर्म गुरु श्रीनिवास आचार्य ?

साम्प्रदायिक र धार्मिक हिंसा भड्काउन खोजेको आरोपमा हिन्दु धर्मगुरु श्रीनिवास आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले उनलाई सुनसरी चक्रघट्टीबाट पक्राउ गरेको हो। उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो ।

उनले हातमा खुकुरी बोकेर भनेका थिए, ‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’

आचार्यको यो अभिब्यक्ति सामाजिक संजालमा भाइरल भएको छ । सुनसरी प्रहरीका डिएसपी नविन कृष्ण भण्डारीले प्रहरीले श्रीनिवासलाई प्रहरी कार्यालयमा उपस्थित गराउन नियन्त्रणमा लिइएको बताए ।

यसअघि आचार्य आफैँलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । २०७४ चैत २५ गते उनलाई गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैँले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्य पक्राउ परेका थिए ।

विशेष