News विदेश

सिक्किममा २३ जना भारतीय सेनाका जवानलाई बाढीले बगायो

सिक्किममा २३ जना भारतीय सेनाका जवानलाई बाढीले बगायो

भारतमा सेनाका कम्तीमा २३ जना जवानलाई वाढीले बगाएको छ। सिक्किमस्थित टिस्टा नदीको वाढीमा उनीहरु बगेका हुन।

सिक्किममा भारी वर्षापछि आएको बाढीमा परेर बुधबार उनीहरु बेपत्ता भएको जनाईएको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार ल्होनक तालमाथि मंगलबार मध्यराति भीषण वर्षा भएको थियो। त्यहीकारण लाचेन उपत्यकास्थित टिस्टा नदीमा अचानक बाढी आएको थियो।

नदीसँगै जोडिएको क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्प बाढीको चपेटमा परेर बगेको जनाईएको छ। गुवाहाटीस्थित भारतीय सेनाको कमान्डका अनुसार घटनापछि बेपत्ता सेनाको खोजीका लागि उद्धार अपरेशन थालिएको छ। स्थानीय प्रशासन पनि अहिले उद्धारमा जुटेको छ। 

गुवाहाटीस्थित भारतीय सेनाको कमान्डका अनुसार अचानक पानी बढेपछि चुङ्गथाङ्ग बाँध खोल्नु परेको थियो। त्यसपछि तल्लो तटीय क्षेत्र पनि डुबानमा परेको छ। बाढीका कारण सिन्गताम नजिकै बारदाङ्गमा राखिएका सेनाका ४१ वटा गाडी पनि बगेका छन्।

अचानकको भीषण वर्षका कारण टिस्टा नदीको जलस्तर १५ देखि २० फिटसम्म बढेको छ। त्यसपछि नदीसँग जोडिएको क्षेत्रमा पानी भरिएको छ। कयौँ घरमा बाढीको पानी पसेको छ। मानिसहरुलाई ती घरबाट उच्च स्थानमा निकालिएको छ। 
 

विशेष