News

पाकिस्तानको आकाशमा पुगेपछि अन्य जहाज नजिक आउँदा संकेत गर्ने उपकरण नै विग्रिएपछि...

पाकिस्तानको आकाशमा पुगेपछि अन्य जहाज नजिक आउँदा संकेत गर्ने उपकरण नै विग्रिएपछि...

काठमाडौंबाट साउदी अरबको दमाम उडेको नेपाल वायुसेवा निगमको जहाज पाकिस्तानको आकाशमा पुगेपछि काठमाडौं फिर्ता भएको छ।

बुधबार राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल वायुसेवा निगमको आरए ४१२ जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको हो।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज पाकिस्तानको आकाशमा पुगेपछि ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो। उक्त जहाजले बिहान ४ः५१ बजे पुनः त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो।

जहाजमा उडानको क्रममा अन्य जहाज नजिक आयो भने संकेत गर्ने उपकरण हुन्छ। सोही उपकरणलाई टिकास भनिन्छ।  ‘सोही उपकरणमा समस्या आएपछि नेपाल एयरलाइन्सको जहाज पुनःकाठमाडौं नै फर्किएको हो,’ उनले भने।

जहाजमा ९५ यात्रु थिए। उनीहरूलाई होटलमा राखिएको झाले बताए। 
 

विशेष