News

भागवण्डा पुर्याउन एउटा मन्त्रालय तीन टुक्रा, जनमतको असन्तुष्टि

भागवण्डा पुर्याउन एउटा मन्त्रालय तीन टुक्रा, जनमतको असन्तुष्टि

मधेश प्रदेश सरकारले भागवण्डा पुर्याउन मन्त्रालय फुटाएर खर्चको भार बढाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पार्टीका सांसदको व्यवस्थापनका लागि मन्त्रालय फुटाएका हुन् ।

मुख्यमन्त्री यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय टुक्र्याएर शिक्षा र समाज कल्याण मन्त्रालय बनाएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री भए पनि लामो समयदेखि विनाविभागीय मन्त्री रहेकी सुरितादेवी साहले यसपछि भने मन्त्रालयको जिम्मा पाएकी छिन्।

जनमत पार्टीका मन्त्री महेश यादवले नेतृत्व गरेको मन्त्रालय टुक्राएपछि यादवले शिक्षा मन्त्रालय पाउनेछन्।

जनमत पार्टीका मन्त्री महेश यादवले नेतृत्व गरेको मन्त्रालय टुक्राएपछि जनमतका नेताहरु भने असन्तुष्ट छन्। यसअघि लोसपानिकट रहेकी साह चुनावको बेलामा विद्रोह गरेर लोसपाका उम्मेदवारविरुद्ध बागी उठेकी थिइन् । स्वतन्त्रबाट उम्मेदवार भई निर्वाचित भएपछि साह जसपा प्रवेश गरेकी थिइन् । जसपामा प्रवेशलगत्तै उनलाई पार्टी प्रवेश गराएर सामाजिक विकास मन्त्री बनेकी थिइन् ।

तर, कांग्रेस सरकारमा सहभागी भएपछि सत्ता समीकरण मिलाउन सामाजिक विकास मन्त्रालय टुक्र्याईएको थियो ।

शिक्षा तथा समाज कल्याण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको उक्त मन्त्रालय टुक्र्याएपछि नयाँ बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसका वीरेन्द्रप्रसाद सिंहको जिम्मामा परेको थियो । त्यही बेला साह विनाविभागीय बन्न पुगेकी थिइन् । 
 

विशेष