News

भुकम्पमा परी मृत्यु भएकालाई २ लाख, अस्थायी आवासका लागि ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

भुकम्पमा परी मृत्यु भएकालाई २ लाख, अस्थायी आवासका लागि ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्पपीडितहरुलाई अस्थायी आवास निर्माण गर्न तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । 

मंगलबारको भूकम्पमा परी क्षति भएको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुगेका दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गर्दै यस्तो वताएका हुन।

घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने बताएका उनले भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ भन्नेबारे छिट्टै यकिन गरिने र त्यस आधारमा सामान्य मर्मत सम्भार, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने अवस्थाको तथ्यांक संकलन गरिने बताए ।

‘राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ। राहत सामग्रीहरू जस्तैः पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपांगता भएका व्यक्तिलाई आवश्यक सामग्रीहरुको व्यवस्थापन भएको छ’ उनले भने–‘थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ ।’

भूकम्पनमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको प्रबन्ध गर्ने घोषणा पनि उनले गरेका छन। भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई तत्काल २ लाख सहयोग दिने पनि उनले वताए।

विशेष