News प्रदेश १

दुई जनाले एउटै केटी मन पराएपछि ग्याङ फाईट गर्न हिडेको एउटा समुह पक्राउ 

दुई जनाले एउटै केटी मन पराएपछि ग्याङ फाईट गर्न हिडेको एउटा समुह पक्राउ 

मोरङमा ‘गर्लफ्रेन्ड’को विषयमा विवाद भएपछि ‘ग्याङफाइट’ गर्न हतियारसहित हिँडेका १५ जनालाई प्रहरीले विराटनगर– ९ घोघापुल चोकबाट नियन्त्रणमा लिएको छ।

शुक्रबार दिउँसो पक्राउ परेका १५ जना मध्ये ९ जना १८ वर्ष मुनिका छन्। कलेज पढ्ने एक युवतीलाई दुई जना युवकले मन पराएपछि विवाद सुरु भएको हो। ति युवतीका विषयमा यसअघि पनि दुई पक्षबीच विवाद भएको पाईएको प्रहरीले जनाएको छ।

एउटा समूहले घरेलु हतियारसहितको टोली सुनसरीको बर्जुबाट बोलाएको थियो। अर्को समूह पनि विराटनगरमा थियो। पक्राउ परेको टोली एउटा समूह मात्रै रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए।

अर्को समूहको खोजी भइरहेको छ। प्रहरीको एक समूह पक्राउ गरेपछि सम्भावित दोहोरो झडप र क्षति हुन पाएन।

पक्राउ परेकाहरुको साथबाट तरवार, खुँडा, लाठीलगायतका हातहतियार बरामद भएको छ। 

पक्राउ परेका १५ जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको डीएसपी दाहालले वताए।
 

विशेष