News राजनीति

राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेको आरोप पुष्टि गर्न लिङदेनको चुनौती

राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेको आरोप पुष्टि गर्न लिङदेनको चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा अध्यक्ष लिङ्देनले त्यस्तो गतिविधि के थियो प्रष्ट पार्न आग्रह गरे। बिहीबार प्रतिनिधि सभाको बैठकका बोल्दै एक सांसदले पूर्वराजाको गतिविधिबारे आशंका गर्दै निगरानी गर्नुपर्ने बताएका थिए।

‘केही साथीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन्, निगरानी गर्नुपर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्, उनको गतिविधि ध्यान दिनुप¥यो भनेर आग्रह गरे, अनुरोध गरे’ बिहीबार प्रतिनिधि सभाको बैठकमा उठेको विषय अध्यक्ष लिङ्देनले स्मरण गरे ।

‘कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ ?’ अध्यक्ष लिङ्देनले प्रश्न गरे, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ र लोकतन्त्र विरोधी भएको छ ? त्यसको म जानकारी लिन चाहन्छु ।’
 

विशेष