News

प्रधानमन्त्री प्रचण्ड भोपुर ब्यारेकमा

प्रधानमन्त्री प्रचण्ड भोपुर ब्यारेकमा

भूकम्प प्रभावितको स्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल बझाङ पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट दाहाल बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् ।

दाहालले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तक्रिया गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

बझाङका सीडीओ नारायण पाण्डेयले प्रधानमन्त्री दाहाललाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।

भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । 
 

विशेष