तीनकुने सामूहिक हत्या प्रकरण अनुशन्धानमा ‘ब्रेन म्यापिङ’ विधिको प्रयोग

काठमाडौंको तीनकुने स्थित सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीको ‘ब्रेन म्यापिङ’ गरिएको छ।
एकपछि अर्को सनसनीपूर्ण बयान दिन थालेपछि उनको ब्रेन म्यापिङ गरिएको हो। नेपालमा अपराध अनुुसन्धानमा पहिलो पटक यो विधिको प्रयोग गरिएको हो । जानकारहरुका अनुसार, ब्रेन म्यापिङमार्फत मस्तिष्कभित्र संग्रह भएका तरंगको चाल अनुसार सम्बन्धित व्यक्तिले सत्य बोलिरहेका छ या छैन भन्ने संकेत पाउन सकिन्छ ।
अमेरिकामा फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) ले यसको धेरै प्रयोग गर्ने गरेको छ भने भारतमा पनि लागूऔषधसम्बन्धी अपराध अनुसन्धानमा यसको प्रयोग हुने गरेको छ ।
भण्डारीको केशमा एउटा सरकारी अस्पतालमा कार्यरत मनोचिकित्सकको नेतृत्वमा ब्रेन म्यापिङ गरिएको प्रहरीले जनाएको छ। सांकेतिक भाषाका विज्ञको सहयोगमा उनीसँग लिएको बयानमा अरु कम्तिमा ६ वटा हत्यामा संलग्न रहेको बताएपछि ब्रेन म्यापिङ गरिएको जनाईएको छ।
उनले ६ वटा हत्यालाई अनुसन्धान गरेर पुष्टि गर्न प्रहरीलाई चुनौति दिएका थिए। उनको बयानका आधारमा रातोपुल, भत्केको पुल, बालुवाटार लगायतका क्षेत्रमा लगिएपनि हालसम्म संलग्नताको थप आधार भेटिएको छैन ।
त्यसैले अनुसन्धानमा वैकल्पिक विधिको पनि प्रयोग गरिरहेको अनुशन्धानमा संलग्न एक अधिकृतले बताए।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएका २३ वर्षीय भण्डारीले कक्षा ८ सम्म बहिरा आधारभूत विद्यालय, बाह्रबिसेमा अध्ययन गरेका थिए । काठमाडौं आएर नक्सालस्थित केन्द्रीय बहिरा उच्च माध्यम विद्यालयबाट कक्षा १२ सम्म अध्ययन गरेका थिए ।
भूकम्पका बेला सिन्धुपाल्चोकमा रहँदा आफूले केही महिलाको हत्या गरेको भण्डारीले बयान दिएका थिए । त्यसपछि उनले लगातार ६ जनाको हत्या गरेको बयान दिएका छन्।
सञ्जय भण्डारी