News अपराध सुरक्षा प्रदेश ६

तीन दिनदेखि बेपत्ता महिलाको शव भकारीमा भेटियो

तीन दिनदेखि बेपत्ता महिलाको शव भकारीमा भेटियो

तीन दिनदेखि बेपत्ता सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका मृत फेला परेकी छिन्।

बिहीबार आफ्नै घरभित्रको भकारीमा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार असोज १५ गते बेलुकादेखि उनी हराएकी थिईन। तीनदिनसम्म गाउँले र आफन्तले खोजी गर्दा पनि फेला पार्न सकेका थिएनन।

बिहीबार घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा भकारीभित्र शव फेला परेको प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठले बताए ।

घटना शंकास्पद देखिएकाले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएर अनुसन्धान सुरु गरिएको श्रेष्ठले जानकारी दिए।

मृतक महिला छोरा÷वुहारी र छोरी सँगै बस्दै आएकी थिईन। 
 

विशेष