News

बझाङमा फेरी ५.३ म्याग्निच्युडको भुकम्प

बझाङमा फेरी ५.३ म्याग्निच्युडको भुकम्प

बझाङमा शनिवार फेरी ५.३ म्याग्निच्युडको भुकम्प गएको छ।

बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो।

असोज १६ गते गएको भूकम्प पछि बझाङमा पराकम्प जाने क्रम जारी छ । आजको भुकम्प पनि सोही भुकम्पको पराकम्प भएको जनाईएको छ।

१६ गते दिउँसो २ः४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ । 
 

विशेष