News राजनीति

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच एक घण्टासम्म के भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच एक घण्टासम्म के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिवार विहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।

उनीहरूबीच एक घण्टाभन्दा बढी समय संवाद भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। 

उनीहरूबीच आजै ढल्ने अवस्थामा पुगेको कोशी प्रदेश सरकार, संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक, शिक्षा विधेयक तथा देशका विभिन्न स्थानमा भइरहेका सामाजिक सद्भाव भड्काउने घटनाका सम्बन्धमा छलफल भएको थियो।  

संसद्मा पेस टीआरसी विधेयक पारितमा खासगरी प्रमुख प्रतिपक्षी एमालेसँग सहमति हुन सकिरहेको छैन भने कोशी प्रदेशमा आज मुख्यमन्त्री एमालेकै हिक्मतकुमार कार्कीले विश्वासको मत माग्ने कार्यक्रम छ। 

कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ भने उनले बहमुत नपु¥याउनासाथ कोशी सरकार ढल्ने अवस्थामा छ।

यस्तै पछिल्लो सयम धरान, मलंगवा, नेपालगन्जलगायत स्थानमा जातीय तथा धार्मिक सद्भाव बिथोल्ने किसिमका घटना भइरहेका छन्।
 

विशेष