News

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने तयारी

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने तयारी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् ।

विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो ।

एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिने बताए । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज शनिबार प्रदेशसभा बैठक बोलाइएको थियो ।

तर, विश्वासको मत पाउने झिनो सम्भावना समेत नदेखिएपछि उनले राजिनामा दिन लागेका हुन।

विशेष