News विदेश

इजरायलमा आतङ्ककारी हमलामा घाइते भएकामध्ये दुई जना नेपाली अस्पताल भर्ना

इजरायलमा आतङ्ककारी हमलामा घाइते भएकामध्ये दुई जना नेपाली अस्पताल भर्ना

इजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएकामध्ये दुई जना नेपाली अस्पताल भर्ना भएका छन्। इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले नेपाली दूतावासले निरन्तर घाइतेहरूको उपचारका लागि पहल गरिरहेको वताईन।

अवस्था प्रतिकुल रहेकाले उद्वार र उपचारमा कठिनाइ भइरहेको बताएकी उनले घाइते अन्य दुई जना दूतावासको सम्पर्कमा रहे पनि अन्यसँग सम्पर्क स्थापित हुन नसकेको जानकारी दिईन।

प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको जानकारी प्राप्त भएको रिजालले बताइन् । घाइतेहरू उपचारविहीन अवस्थामा बङ्करमा रहेको बताइएको छ । 

राजदूत रिजालका अनुसार इजरायलको प्रायः सबैजसो भूभागमा अहिले कर्फ्यु लागेको छ । दुई पक्षीय युद्ध चलिरहेको छ भने अवस्था निकै अशान्त छ । 

घटनामा परेका नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहेको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरतहरु विद्यार्थी हुन् ।  कृषि फार्ममा उनीहरू प्राक्टिकल गर्न गएको जनाईएको छ। उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट त्यहाँ प्राक्टिकलका लागि पुगेका थिए । 

कृषि फार्ममा १७ नेपाली कार्यरत रहेको बताइएको छ । अन्य भने साइरन बजेसँगै बङ्करमा छिर्न भ्याएपछि जोगिएको बताइएको छ । स्थानीय समयअनुसार बिहान ६ बजेतिर साइरन बजेको थियो । साइरन बजेको ६० सेकेन्डको टाइम बङ्करमा पुग्नुपर्ने हुन्छ ।

तर बङ्करमा  जाँदाजाँदै उनीहरू कसैलाई गोली र कसैलाई गोलीको छर्रा लागेको बताइएको छ । गोली र छर्रा लागेर शरीरबाट रगत बगिरहँदा समस्या भएको घाइतेहरुले बताएका छन्।
 

विशेष