विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलियो

विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमवार अज्ञात व्यक्तिहरुले काठमाडौको यल्लो प्यागोडा होटलमा कालोमोसो दलेका छन्।
दिउँसो पत्रकार सम्मेलन राखेका प्रसाई कार्यक्रम हलबाट बाहिरिएलगत्तै अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।
केही समयअघिसम्म प्रसाई नेकपा एमालेमा आवद्ध थिए भने पछिल्लो समय पूर्वराजाको समर्थनमा विभिन्न अभियान चलाईरहेका छन्।
उनले विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिंदै आएका छन् ।
गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई लक्षित गरेर कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए ।
प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।
उनले आफूलाई नेकपा एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लगाएका छन्।