News

इट्टाभट्टामा लगेर किशोरीलाई बलात्कार गर्ने इमाम पक्राउ

इट्टाभट्टामा लगेर किशोरीलाई बलात्कार गर्ने इमाम पक्राउ

रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरका २० वर्षीय नासिर ईमामलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

गजरा नगरपालिका– ५ कै एक किशोरीलाई स्थानीय इँट्टाभट्टामा लगेर बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाई पक्राउ गरेको हो ।

पीडित परिवकारले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेका थिए । पीडितको जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थपिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

शनिबार दिउँसो गाउँबाटै पक्राउ परेका इमामलाई आइतबार अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान आगाडि बढाएको प्रहरीले जनाएको छ । प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गराएको छ । 
 

विशेष