News

आफनै छोराको छुरा प्रहारबाट ६० वर्षिय दिलबहादुरको मृत्यु

आफनै छोराको छुरा प्रहारबाट ६० वर्षिय दिलबहादुरको मृत्यु

लमजुङको क्व्होलासोथार गाउँपालिका–९, गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विकको उनकै छोराले हत्या गरेका छन्।

छोरा २८ वर्षीय सुजन विकको चक्कु प्रहारबाट दिलबहादुरको मृत्यु भएको हो। असोज १० गते साँझतिर भएको चक्कु प्रहारबाट दिलबहादुर गम्भीर घाइते भएका थिए । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र उपचारको क्रममा शनिबार अपरान्ह उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दारी काट्ने मेसिन माग्दा नदिएपछि सुजनले आफ्नै बाबुको पाखुरामा हिर्काएका थिए । त्यसपछि बाबुले गाली गर्दा छोराले चक्कु ल्याएर प्रहार गरेको स्थानीयले वताएका छन्। घाइतेको स्थानीय गिलुङ स्वास्थ्य चौकीमा प्राथामिक उपचार गरी पोखरा पठाइएको थियो ।

उनी स्वास्थ्य चौकीसम्म आफैं हिँडेर पुगेका थिए । सुजन प्रहरीले असोज १६ गते नै पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान थालेको थियो । घाइतेको उपचारको क्रममा मृत्यु भएपछि सुजन विकउपर कर्तव्य ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मिनबहादुर घलेले बताए । 

विशेष