News विदेश

गिलगिट-बाल्टिस्तान:  शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरू सडकमा 

गिलगिट-बाल्टिस्तान:  शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरू सडकमा 

गिलगिट । गिलगिटको काराकोरम इन्टरनेशनल युनिभर्सिटी (केआईयू) मा शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरूले पाकिस्तान समर्थित प्रशासनको विरुद्धमा सार्वजनिक आक्रोश व्यक्त गर्दै सडक आन्दोलन थालेका छन्। 

गैरकानूनी रूपमा कब्जा गरिएको क्षेत्रमा विश्वविद्यालय र स्थानीय प्रशासनविरुद्ध प्रदर्शन सुरु भएको महिनौं भइसकेको छ। विश्वविद्यालयले एक वर्षभित्र ८५ प्रतिशत शुल्क बढाउने निर्णय गरेपछि अभिभावक, कार्यकर्ता र स्थानीय राजनीतिक नेताहरु आन्दोलनमा उत्रिएका छन्।

विश्वविद्यालय सञ्चालनमा उपकुलपतिको असक्षमतालाई उजागर गर्दै केआईयूका विद्यार्थी कार्यकर्ता अफाक बलवरले भने, 'आज मेरो हातमा यो कागजात छ जसमा उपकुलपतिले विश्वविद्यालयको शुल्क ८५ प्रतिशतले बढाएको छ। तर विश्वविद्यालयको नियमावली अनुसार १० प्रतिशतसम्म मात्रै वृद्धि लागू हुन्छ  मलाई लाग्छ कि अन्य ७५ प्रतिशत वृद्धि उपकुलपतिले पेट्रोल पम्पिङ स्टेसन बनाउने आफ्नो इच्छा पूरा गर्न गरेका हुन्।'

विद्यार्थी र आन्दोलनकारीले विश्वविद्यालयका उपकुलपतिले आफ्नो व्यक्तिगत स्वार्थमा बोर्डको राजस्व लुटाएको आरोप लगाएका छन्। प्रदर्शनकारीले शुल्क वृद्धिको निर्णय फिर्ता नगरे ‘नागरिक अवज्ञा आन्दोलन’ गर्ने चेतावनी दिएका छन्। 

'हामी प्रशासन र यी अयोग्य उपकुलपतिलाई चेतावनी दिन चाहन्छौं कि यदि एक हप्ता भित्र यो शुल्क वृद्धिको सूचना फिर्ता नलिएमा हामी नागरिक अवज्ञा आन्दोलनमा उभिनेछौं। ‘विश्वविद्यालयको शुल्क नतिर्ने’ भन्दै नारा लगाउँछौँ,' विश्वविद्यालय प्रशासनविरुद्धको जनसभालाई सम्बोधन गर्दै अफाक बलवारले भने।

सार्वजनिक कार्य समितिका अध्यक्ष फिदा हुसेनले विश्वविद्यालयका विद्यार्थीहरूको समर्थनमा बाहिरिए र विद्यार्थीहरूलाई आधारभूत अधिकारबाट वञ्चित गरेकोमा पाकिस्तान समर्थित प्रशासनको आलोचना गरे। 

गिलगिट बाल्टिस्तानको गरिब क्षेत्रमा केवल केही उच्च शिक्षा संस्थाहरू छन् - अभूतपूर्व शुल्क वृद्धिले निश्चित रूपमा विद्यार्थी र उनीहरूका अभिभावकहरूको सबै आशाहरू ध्वस्त पारेको छ। केआईयू यस क्षेत्रको एक मात्र सार्वजनिक-क्षेत्रको विश्वविद्यालय हो जसमा करिब १० हजार स्थानीय विद्यार्थीहरू भर्ना छन्।

बढ्दो मुद्रास्फीति र अव्यावहारिक शुल्क वृद्धिका बीच विश्वविद्यालयका विद्यार्थी दोहोरो मारमा परेका छन्।

विशेष