News

भारतद्वारा रूपन्देहीमा समुदायक विकास परियोजनामा १.२५ करोड रुपैयाँ को सहयोग

भारतद्वारा रूपन्देहीमा समुदायक विकास परियोजनामा १.२५ करोड रुपैयाँ को सहयोग

काठमाडौं - भारत सरकारले 'नेपाल-भारत विकास सहकार्य' अन्तर्गत रूपन्देही जिल्लाको रोहिणी गाउँपालिका –२, भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको निर्माणमा नेपाललाई नेरु १.२५ करोड रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । आज काठमाडौंमा भएको  उद्घाटनका अवसरमा यो सूचना दिएको हो ।

उपराष्ट्रपति रामसहाय यादवले भारतीय कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवको उपस्थितिमा भएको उद्घाटनमा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकशिक्षिकाहरू, अभिभावक, तथा विद्यार्थीहरू पनि उपस्थित थिए ।

समृद्धि र मित्रता: उपराष्ट्रपतिको सुझाव

उक्त कार्यक्रममा नेपालमा शैक्षिक तथा अन्य विविध क्षेत्रमा पूर्वाधार विकासका लागि भारत सरकारले गरेको सहयोगलाई प्रशंसा गर्दै दुई देशबीचको विकास साझेदारीले दुई देशका जनताबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन ठूलो योगदान गरेको उपराष्ट्रपति यादवले बताए। 

भारतीय  कार्यवाहक राजदूतको भनाइ

भारतीय कार्यवाहक राजदूत श्री प्रसन्न श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्व हिस्सा भएको बताए ।

सन् १९५९ मा स्थापना भएको श्री पोखरभिण्डी माध्यमिक विद्यालयले यो क्षेत्रका विद्यार्थीहरुलाई कक्षा १० सम्मको शिक्षा प्रदान गरी राम्रो शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरेको छ । विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा करिब ५५% छात्रा रहेका छन् ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समृद्धिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेको प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

विशेष