नेपालमा भारतीय सैन्य विमान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्घतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान आज कार्तिक २३ गते भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रगी लिएर नेपाल आइपुग्यो । यी राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री आदि समावेश थिए ।
पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न यस राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण जस्तैं शल्यचिकित्सा सम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री समावेश थिए ।