News कभर स्टोरी

उच्च शिक्षाको लागी अब विद्यार्थी बिदेश जान नपाउने !

सर्भर डाउन भएपछि विद्यार्थीको नाराजुलुस, एनवसी कार्यालयमा चरम अनियमितता

उच्च शिक्षाको लागी अब विद्यार्थी बिदेश जान नपाउने !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सर्भर विगत पाच दिन देखी चलेको छैन। वैदेशिक अध्ययन अनुमति शाखाको सर्भरमा समस्या आएपछि विगत पाच दिन देखी विद्यार्थीहरूले अध्ययन अनुमति पाएका छैनन् ।

अध्ययन अनुमति नपाएको झोकमा ठुलो संख्या रहेका विद्यार्थीहरू सानोठिमी स्थित वैदेशिक अध्ययन अनुमति शाखाको गेटमा धर्ना बस्न थालेका छन्। नेपाल सरकारले वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर अर्थात अध्ययन अनुमति दिन्छ।

यसको आवश्यकता विदेशी मुद्रा साट्नको निम्ति पर्दछ जसको लागि वैदेशिक अध्ययन अनुमति शाखा नै रहेको छ। विदेश जान बिमास्थलमा देखाउन र विदेशी मुद्रा साट्न यसबाहेक यो अनुमतिको खासै काम छैन।

स्वदेशमा अवसर नदेखेर बिभिन्न अवसर को खोजी गर्न तथा उच्च गुणस्तरीय शिक्षा को महत्वकाङ्क्षा राखेर बिदेसिने विद्यार्थी बाट चुल्ठे मुन्द्रेले पार्किङको पैसा उठाए जस्तै सरकारले अध्ययन अनुमतिको नाममा दुई हजार रुपैयाँ उठाएर अध्ययन अनुमति दिन्छ। विद्यार्थीहरूले नाराजुलुस गर्न थालेपछी कर्मचारीहरू डराएका छन्। कार्यालय परिसरमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

कर्मचारीहरूले विद्यार्थीहरूलाई झुलाउने, समयमा काम नगरिदिने, कार्यालयको फोन नउठाउने, अध्ययन गर्न जान चाहेको संस्थाको नाम लिस्टमा बिनाकारण नहाल्ने, सोधेको कुरा राम्रो सँग नबताउने लगायत कारण ले विद्यार्थीहरू आक्रोशित छन्। अब सर्भर नै डाउन भएपछि आगोमा घ्यू थापेजस्तै भएको छ।

वैदेशिक अध्ययन अनुमति शाखाको उपसचिव देवका ढकालको कार्यालयको फोन ०१-६६३५४१९ मा तथा इमेल [email protected] मा पटक पटक सम्पर्क गर्दा कार्यालयको फोन उठेन।

कर्मचारीहरूले समयमा काम नगरिदिने र प्रक्रिया झन्झटिलो भएको कारण प्रक्रिया लम्बिने गर्छ। कतिपय भिसा लागेर टिकट काटेर उड्न तयारी गरिरहेका विद्यार्थी लाई समस्या परेको छ। सबारी लाइसेन्स लिन यातायात कार्यालयमा देखिने अनियमितता  वैदेशिक अध्ययन अनुमति शाखामा देखिन थालेको छ।  एक विद्यार्थीका अनुसार बिभिन्न एजेण्ट हरूले छिटो काम गरिदिने भन्दै पैसा असुल्ने गरेका छन्। 

विशेष