News

प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिकोे कुरा गरेपछि ओली फायर !

प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिकोे कुरा गरेपछि ओली फायर !

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुषुप्त द्वन्द्व बिस्तार हुँदै जाँदा त्यसको असर उच्चस्तरिय राजनीतिक संयन्त्रमा पर्न थालेको हो । ओली संयोजक रहेको संयन्त्रको शुक्रवार वसेको बैठकमा पनि यसको प्रत्यक्ष असर देखियो।

यसअघिका वैठकमा ओली र दाहालका कुरा ठ्क्याक्कै मिल्थे। ‘बाहिर छुट्टै सल्लाह गरेर संयन्त्रमा आएजस्तो लाग्थ्यो’ धेरैलाई। तर, दाहालले कांग्रेससहितको विश्वासको मत पाएपछि पहिलाको जस्तो अवस्था छैन।

शुक्रबारको बैठकमा दुई जना दुई धारमा देखिए। वैठक सुरु हुने बित्तिकै दाहालले राष्ट्रपति चुनावको प्रसंग उप्काएका थिए । हिजो बिहीबारमात्रै उनले दलका कार्यकर्ता राष्ट्रपति हुँदा दुःख पाएको भन्दै अब साझा र सर्वस्वीकार्य व्यक्तिको खोजी गर्ने टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिको साझा उम्मेदवार भन्नेबित्तिकै एमाले अध्यक्ष ओलीले उनीतिर नहेरी, उनैलाई लक्षित गर्दै जवाफ फर्काए, ‘अब यसमा सल्लाह गर्नुपर्ने कुरा के छ र ? त्यो त हामीबीचमा सहमतिमा पहिल्यै तय छ नि होइन र ?’

पुस १० मा ओली निवास बालकोटमा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिले दाहाललाई प्रधानमन्त्री बनाएको हो । राष्ट्रपति र सभामुख एमालेले पाउने गरी नेताहरु सहमत भएका थिए ।

प्रधानमन्त्रीले आजको बैठकमा राष्ट्रपति राष्ट्रकै अभिभावक भएकाले त्यसमा व्यक्ति छनोट हुँदा साझा एकताको सन्देश जानुपर्ने तर्क गर्न खोजे । तर ओलीले कांग्रेसको भ्रममा नपर्न र अरु कुनै किसिमको टिप्पणी गरेर समझदारी नबिगार्न अप्रत्क्ष चेतावनी दिए ।

एमालेको पछिल्लो सचिवालय बैठकमा ओलीले राष्ट्रपति चुनावको विषयमा कुनै टिप्पणी गर्ने बेला आइनसकेको भन्दै नेताहरुलाई नबोल्न निर्देशन दिएका थिए । संयन्त्रको आजको बैठकपछि नेताहरुले नयाँ सत्ता समीकरणका लागि असहजता बढ्दै गएको निष्कर्ष निकालेका छन् ।

‘राष्ट्रपतिमा छलफल गरौं भन्ने प्रधानमन्त्रीको प्रस्ताव ओलीजीले मान्नुभएन’ एक नेताले भने, ‘शीर्ष तहमा असमझदारी सुरु भएको छ, तर यत्तिका कारण अहिले सत्ता समीकरणमै प्रतिकुलता आउला भन्ने लाग्दैन ।’

विशेष