News

राष्ट्रपति भण्डारीले आज संघीय संसदलाई सम्वोधन गर्ने

राष्ट्रपति भण्डारीले आज संघीय संसदलाई सम्वोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक) मा सम्बोधन गर्दैछिन् । बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

आगामी फागुन २८ गते उनको कार्यकाल सकिने भएकोले राष्ट्रपति भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । भण्डारीको यो दोस्रो कार्यकाल हो । संवैधानिक व्यवस्था अनुसार एकै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुने व्यवस्था छैन ।

फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिने भएकोले त्यसअघि २५ गते नै राष्ट्रपति निर्वाचनको मिति तय गरिएको छ । त्यसका लागि तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको सम्बोधनपछि संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधनको प्रति टेबल गर्नेछन् भने सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । 
 

विशेष