News

उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक वसिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बसिरहेको छ। 

बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । सरकारबाट बाहिरिएको रास्वपाले पनि सरकारलाई समर्थन जारी राखेको छ ।

संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन्। 
 

विशेष