News खेल

रोनाण्डोले एक्ले ४ गोल गरेपछि अल नसरको सहज जित

रोनाण्डोले एक्ले ४ गोल गरेपछि अल नसरको सहज जित

साउदी प्रो लिग फुटबलको विहिवार राती सम्पन्न खेलमा अल नसरले सहज जित निकालेको छ । किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा नसरले अल वेह्दालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

अल नसरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे । खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गरे ।

खेलको ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट तेस्रो गोल गरे भने खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गर्दै नसरलाई सहज जित दिलाए । जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ ।

योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पूरा गरेका छन्।
 

विशेष