News

बलात्कारी भनेको केटासँग निहारिकाले गरिन विवाह

बलात्कारी भनेको केटासँग निहारिकाले गरिन विवाह

बलात्कारको आरोप लगाएर जेल पठाउन ठिक पारिएको केटासँगै सोनाली कुमारी सिंह अर्थात निहारिका राजपूतले विवाह गरेकी छिन्। आफुमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भन्दै उनले आन्दोलन समेत गरेकी थिईन।

उनै निहारिकाले आरोपित शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । शुक्रबार जानकी मन्दिरमा विवाह गरेका उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् । आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् ।

तर गत माघ १६ गते उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् । आफूलाई कुमारी आमा भनेर चिनाउने राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।

धनुषा जिल्ला अदालतले शिवराजलाई बलात्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । यस क्रममा उनले आत्मदाहको प्रयास समेत गरिन।

तर गत माघ १५ गते निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् । 

यो पनि,

निहारिका राजपूत

विशेष