News

भारतीय विदेश सचिव विनय मोहन क्वात्राको नेपाल भ्रमण फागुन १ देखी

भारतीय विदेश सचिव विनय मोहन क्वात्राको नेपाल भ्रमण फागुन १ देखी

भारतका विदेश सचिव विनय मोहन क्वात्राको फागुन १ गतेदेखी तीन दिने नेपाल भ्रमण गर्ने भएका छन् । नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा क्वात्राले औपचारिक भ्रमण गर्न लागेका हुन।

क्वात्रा विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नेछन् । भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको छ ।

यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटि परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ भने यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने भारतीय दुतावासले जनाएको छ।

यो पनि,
अमेरिकी सक्रियता बढेका बेला भारतीय विदेश सचिव क्वात्रा नेपाल आउने

विनय मोहन क्‍वात्रा

विशेष