News खेल

भारतीय क्रिकेट टिमका अलराउण्डर जडेजालाई आईसीसीले किन गर्यो कारवाही ?

भारतीय क्रिकेट टिमका अलराउण्डर जडेजालाई आईसीसीले किन गर्यो कारवाही ?

भारतीय क्रिकेट टिमका अलराउण्डर रविन्द्र जडेजालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ । बलिङ गर्ने क्रममा जडेजाले हातको औँलामा क्रिम लगाएको भन्दै आईसीसीले कारवाही गरेको हो।

घरेलु मैदान नागपुरमा अस्ट्रेलियाविरुद्ध एकै पारीमा १२३ रनको विजयी निकालेको भारतका क्रिकेटर जडेजा कारबाही स्वरुप जरिवानामा परेका छन् । जरिवाना स्वरुप जडेजाले म्याच फिको २५ प्रतिशत तिर्नुपर्ने छ । 

आईसीसीको आचार संहिताका धारा २.२० उल्लंघन गरेको आरोपमा उनी कारबाहीमा परेका हुन् । अस्ट्रेलियाले टस जितेर ब्याटिङ थालेको थियो । बलिङ गर्ने क्रममा जडेजाले आफ्नो औंलामा क्रिम लगाएको प्रत्यक्ष प्रसारणमा देखिएको थियो । उनले मोहम्मद सिराजको हातबाट लिएर क्रिम लगाएको देखिएको थियो । त्यो पारीमा अस्ट्रेलिया १७७ रनमा अलआउट भएको थियो ।

जडेजाले पाँच विकेट लिएका थिए । उनले २२ ओभरमा आठ ओभर मेडन बलिङ गर्दै मात्र ४७ रन खर्चिएर पाँच विकेट लिएका थिए । आईसीसीको अनुसन्धानपछि उनलाई जरिवाना तिराइएको हो ।
 

विशेष