News

भ्रष्टाचार गरेको आरोपमा विद्यार्थीले लगाए हेडमास्टरलाई कालोमोसो

भ्रष्टाचार गरेको आरोपमा विद्यार्थीले लगाए हेडमास्टरलाई कालोमोसो

धनुषाको एक विद्यालयका प्रधानाध्यापकलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै विद्यार्थीले कालोमोसो दलेका छन्। 

सहिदनगर नगरपालिका–७ को जनता मावि धबौलीका प्रधानाध्यापक श्रीप्रसाद यादवलाई बुधबार विद्यार्थीले कालोमोसो दलेका हुन्। प्रधानाध्यापकलाई कालोमोसो दलेपछि उनीहरुले विद्यालयमा ताला समेत लगाएका छन्।

यादवले वडा कार्यालयबाट विद्यार्थीलाई पोशाक वितरण गर्नका लागि छुट्याइएको १ लाख, प्राविधिकतर्फ कक्षा ९ देखि १२ सम्म सञ्चालित प्रयोगशालाको सामान खरिद वापत प्रदेश सरकारले दिएको १५ लाख रुपैयाँको भ्रष्टाचार गरेको उनीहरुले आरोप लगाएका छन्। 

विद्यालयका लागि आएको ८० लाखको बजेट प्रधानाध्यापककै गैरजिम्मेवारीका कारण फ्रिज भएको, विद्यालयको ल्यापटप र कम्प्युटर व्यक्तिगत प्रयोग गर्दै आएको र पटक–पटक भन्दा समेत अटेर गरेकाले बाध्य भएर कालोमोसो दल्नु परेको विद्यार्थीहरुले बताएका छन्।
 

विशेष