News मनोरञ्जन

पठान हेर्न सिनेमा हलमा पुगे पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी

पठान हेर्न सिनेमा हलमा पुगे पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी

पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड चलचित्र ‘पठान’ हेर्न हलमा पुगेका छन् ।

सिद्धार्थ आनन्द निर्देशित चलचित्र ‘पठान’ हेर्न पूर्वराजपरिवारका सदस्य क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्स पुगेका हुन् ।

फिल्म हेरेपछि पूर्वरानी कोमल र हिमानीले फिल्म मनपरेको प्रतिक्रिया दिएको जनाइएको छ । उनीहरुसँग अन्य सहयोगी पनि हलमा पुगेर फिल्म हेरेका थिए । पूर्वराजपरिवारका सदस्यहरुले यसअघि पनि बेलाबेलामा हलमा पुगेर फिल्म हेर्ने गरेका छन् ।

गत बुधबार नेपालमा रिलिज भएको शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको छ । यो फिल्म मुलुकका डेढ सयभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ ।

‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो साता ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । पाँच दिनसम्म लगातार करोडभन्दा बढीको कमाइ गरेको फिल्म हेर्न दर्शकको उपस्थिति लोभलाग्दो देखियो । 

चार वर्षपछि रिलिज भएको यो फिल्मले हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार ः द वे अफ वाटर’ रिलिज भएपछि सुनसान बनेका नेपाली हलमा दर्शकलाई तान्न सफल भएको छ। ‘अवतार २’को कमाइ नेपालमा झण्डै साढे ९ करोड रुपैयाँ ग्रस छ । 
 

विशेष