News बैंकिङ

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ईएमआई सुविधा

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ईएमआई सुविधा

नबिल बैंक लिमिटेड र साओमी नेपाल बीच शून्य ईएमआई सम्बन्धी सम्झौता भएको हो । यो सम्झौतापछि नेविल वैंकका ग्राहकले शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ।

नबिल बैंक लिमिटेड र साओमी नेपाल बीच शून्य ईएमआई सम्बन्धी सम्झौता भएको हो । यो सम्झौतापछि नेविल वैंकका ग्राहकले शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ।

नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले सम्झौतामा संयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले शाओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा ईएमआईमा ब्याज लाग्ने छैन । यस्तो सुविधा ३ महिना र ६ महिनाका लागि उपलब्ध गराइएको बैंकले जनाएको छ ।

शाओमी ब्राण्डको मोबाइल खरिद गर्दा शून्य प्रतिशत, ३० प्रतिशत अथवा ५० प्रतिशत डाउनपेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्नेछन् । त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागेपनि न्यूनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ ।

सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनु पर्नेछ । 
 

नबिल बै‌‌क

विशेष