News बैंकिङ

एनआईसी एशिया वैंकद्वारा मर्चेन्ट मिट २०२३ सम्पन्न

एनआईसी एशिया वैंकद्वारा मर्चेन्ट मिट २०२३ सम्पन्न

एनआईसी एसिया बैंक लिमिटेडले ‘एनआईसी एसिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ।

‘डिजिटल नेपाल फ्रेमवर्क’ र विश्व बजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फष्ट बैंक’ बन्ने यस बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरूले देखाएको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्यांकन र कदर गर्दै सहयात्रालाई पुनर्ताजगी गर्ने हेतुले ‘एनआईसी एसिया मर्चेन्ट मिट २०२३’ आयोजना गरिएको बैंकले जनाएको छ।

‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ यसै साता मर्चेन्ट मिट सम्पन्न गरेको हो। कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ युनिर्भस प्रमुख श्यामप्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेका विभिन्न डिजिटल सेवा तथा बैंकले आगामी दिनमा शुरु गर्न लागेका सेवाबारे जानकारी गराएका थिए।

साथै, यस प्रकारका कार्यक्रमहरू आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको छ। हालसम्म २१ लाख बढी मोबाइल बैंकिङ ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, २ लाख बढी क्यूआर मर्चेन्ट, ४ हजारभन्दा बढी पीओएस मर्चेन्ट तथा ३०० बढी ई–कमर्श मर्चेन्टहरूको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरूले बैंकसँग सहकार्य गरेका छन्।

एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक भएको दाबी छ। यस बैंकले देशभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाइ समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन आफू सफल भएको बैंकको दाबी छ।

जुन समग्र देशका अन्य कम्पनीको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनी मध्येको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा संचालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यवसायिक साझेदारको सहभागिता थियो। 
 

एनआईसी एशिया

विशेष