News बैंकिङ

सनराइज बैंकद्वारा त्रिविमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग

सनराइज बैंकद्वारा त्रिविमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग

सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय व्यवस्थापन विभाग (सीएमडी) बीच विद्यार्थीलाई आर्थिक सहयोग गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौताअनुसार एमबीएसमा अध्ययनरत ८ जना विपन्न तथा जेहेनदार विद्यार्थीहरुलाई थेसिस प्रयोजनका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्ने जनाईएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिवि केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले हस्ताक्षर गरेका छन् ।

देशै भरिका विद्यार्थीहरु आएर अध्ययन गर्ने यस विश्वविद्यालयमा विभिन्न संकायमा विसं. १९५९ सालदेखि अध्ययन अध्यापन हुँदै आएको छ । यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा. भवानी शंकर आचार्यले बताए।
 

विशेष