News

कामना सेवा विकास बैंककासीईओसहित चार जना पक्राउ, कतिपय फरार

कामना सेवा विकास बैंककासीईओसहित चार जना पक्राउ, कतिपय फरार

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो।

प्रहरीले बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको हो। घटनामा संलग्न भएको आशंका गरिएका कतिपय कर्मचारी फरार भएका छन् ।

पक्राउ परेकाहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दुर्गाराज रेग्मीले वताए। नेपाल राष्ट्र बैंक हुँदै आएको सूचनाका आधारका इलाका प्रहरी कार्यालय, दमकले यसबारे अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार विभिन्न फर्जी कम्पनीहरु खडा गरेर बैंकले ति कंपनीका नाममा ऋण दिइएको थियो । यसबारे कामना सेवा विकास बैंकले पहिले आन्तरिक अनुसन्धान गरेको थियो । त्यसक्रममा समस्या देखिएपछि राष्ट्र बैंकसँग अनुसन्धानका लागि पत्राचार गरेको थियो ।

बैंकले गरेको अनुसन्धानमा पनि समस्या देखिएपछि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई आग्रह गरिएको थियो। सीआईबीले झापाको घटना भएकाले इलाका प्रहरी कार्यालय दमकलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो । 
 

विशेष