News बैंकिङ

शिवशिखर सहकारीका संचालक भन्छन्– ढुक्क हुनुहोस, संस्था डुब्दैन

शिवशिखर सहकारीका संचालक भन्छन्– ढुक्क हुनुहोस, संस्था डुब्दैन

देशभर विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ को वुटवल शाखाले निक्षेप भुक्तानी गर्न नसकेको भन्दै विभिन्न माद्यमबाट गुनासो आउन थालेपछि संस्थाले त्यस विषयमा स्पष्ट पारेको छ।

सहकारीको सुनुरपश्चिम प्रदेशका वरिष्ठ प्रवन्धक हेमराज जोशीले आज एक विज्ञप्ति जारी गरी गुनासो आए जस्तो संस्थाको अवस्था नरहेको जनाईएको छ।

संस्थाको साधारण सभा गर्ने तयारी भईरहेको र संस्थाको वार्षिक साधारण सभाको आर्थिक प्रतिवेदन चाँडै नै सदस्यहरुको हातमा पुग्ने भएकाले भ्रमको पछाडि नलाग्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ। 

‘शिवशिखर वहुउदेश्यीय सहकारी संस्थाप्रति विभिन्न सामाजिक संजालमा आएका समाचारप्रति हामी दुःख प्रकट गर्न चाहान्छौ। प्रधान कार्यालयवबाट हिजो प्रेस विज्ञप्ति प्रकाशित गरी हाम्रा सदस्यहरुलाई धेरै जसो कुरामा स्पष्ट पार्ने प्रयास हामीले गरेका छौं।’ विज्ञप्तिमा भनिएको छ–‘वहुउदेश्यीय प्रकृतिमा सहकारी विभागमा दर्ता भई देशका विभिन्न जिल्ला र क्षेत्रमा सदस्य सेवा केन्द्रको स्विकृतको अनुमति लिएर भक्तपुरमा प्रधान कार्यालय रहेको यस शिव शिखर वहुउद्देश्यीय सहकारी संस्थाको मातहतमा नेपालभरीमा ३७ वटा सदस्य सेवाकेन्द्रहरु संचालनमा रहेका छन्।’

सहकारीको माद्यमबाट देशको सामाजि आर्थिक विकाशमा योगदान गर्ने उदेश्यले आफुहरु लागि रहेको भन्दै विज्ञप्तिमा अफवाहको पछाडि नलाग्न आग्रह छ। ‘सहकारीको माध्यमबाट देशको सामाजिक आर्थिक विकास गर्ने मुख्य उदेश्यका साथमा स्थापना कालदेखी नै हामी लागि राखेका छौ’ विज्ञप्तिमा भनिएको छ–‘सुदुरपश्चिम प्रदेशमा हाल सात वटा सदस्य सेवा केन्द्रहरु संचालनमा रहेको कुरा सर्वविदितै छ। स्ंस्थाप्रति सामाजिक संजालमा विभिन्न खालका टिका टिप्पणी र नकारात्मक कुराहरु आईराखेको यस परिस्थितीमा सत्यताको विषय उजागर गरी सदस्यहरुलाई निर्धक्कसँग कारोवार गर्ने वातावरण सृजना गर्नका लागि यो विज्ञप्ति प्रकाशन गरेका छौं।’

‘हामी संस्थाको साधारण सभा गर्ने तयारीमा पनि रहेका छौं। सस्ंस्थाको वार्षिक साधारण सभाको आर्थिक प्रतिवेदनको प्रति सेवा केन्द्रहरुले प्राप्त गर्ने वित्तिकै हामी हाम्रा सम्पुर्ण सदस्य महानभावहरुलाई उपलब्ध गराउने छौं। वजारमा चलेको अफवाह जस्तो संस्थामा त्यस्तो किसिमको कुनै पनि अवस्था नरहेको हामी हाम्रा सम्पुर्ण सदस्यमा जानकारी गराउँछौं।’

यता, सहकारीका एक संचालकले सहकारीका विषयमा जथाभावी कुराहरु वाहिर आएको भन्दै हल्ला भए जस्तो संस्थाको अवस्था नभएको दावी गरे। उनले सदस्यहरुलाई विश्वस्त वनाउँदै भने–‘ढुक्क हुनुहोस, शिबशिखर सहकारी डुब्दैन, नाफामै छौ।’

शिवशिखर सहकारी

विशेष