News

प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नु पर्ने ज्ञानेन्द्र शाहीको माग

प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नु पर्ने ज्ञानेन्द्र शाहीको माग

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपति विद्यादेवी भण्डारीले माफी माग्नु पर्ने बताएका छन् ।

राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।

‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उनले भनेका छन्, ‘साथै सम्माननीय राष्ट्रपतिले यो विषयमा चिकित्सकसँग माफी माग्न हार्दिक अनुरोध गर्दछु ।’

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो । सर्जरी सकेर फर्किंदै गरेका चिकित्सकलाई प्रहरीले कुटपिट गरेको थियो।

राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली गर्ने क्रममा वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठी बर्साएको थियो । टाउकोमा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भएको छ।

विशेष