News

सोमवार देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय

सोमवार देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले सोमवार सार्वजनिक विदा दिने निर्णय गरेको छ। ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध ०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही युद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि सशस्त्र युद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

सो सशस्त्र युद्धको नेतृत्वकर्ता पार्टी नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’को रूपमा मनाउँदै आएको छ।

यसपटक भने माओवादीकै नेतृत्वको सरकार भएको मौकामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । साता अघिमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक बिदा धेरै भएको भन्दै बिदा कटौती गर्नुपर्ने भनेका थिए ।

तर, आफ्नै अभिव्यक्ति प्रतिकूल हुने गरी प्रधानमन्त्री दाहालले विगतमा नदिइएको सार्वजनिक बिदा थप गराएका हुन् ।
 

विशेष